पोखरा–१७ को हाजिरीजवाफ प्रतियोगीतामा श्री राम जानकी आमा समूह प्रथम

पाेखरा | चैत १२, २०७९

पोखरा–१७ को हाजिरीजवाफ प्रतियोगीतामा श्री राम जानकी आमा समूह  प्रथम

पोखरा:  महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


पोखरा महानगरपालिका वडा न.१७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो  । उक्त हाजिरीजवाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको थियो । कार्यक्रम अन्तराष्ट्रिय पर्वतिय संग्रहालय,पोखरा १७ रातोपैह्रा मा सम्पन्न भएको हो  ।


गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलाप मा सहयोग गर्ने बताउदै महिला हरु को लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन को सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई वर्गीकरण गर्ने योजना रहेको उक्त कार्यक्रम मा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता  पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गरेकी छिन ।

 

कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप(प्रमुख मन्जु देबि गुरुङ ले यसरी महिलाहरु लाई  यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिएकी छिन ।

 

उक्त प्रतियोगिता मा प्रथम जुनतारा आमा समूह  भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह  द्धितिय, सन्चयकोस आमा समूह तृतिय  र सान्तोना मा  घारिकुलो आमा समूह भएका   छन । सो प्रतियोगीता मा १०र१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०र१० समूहमा  ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा  प्रथम, दोस्रो, तेस्त्रो  र सान्तोना छुट्याइएको हो ।

 

सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो ।  कार्यक्रम को संयोजक सर्मिला सुवेदीको रहेको थियो  । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न। १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।

रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

थप पढ्नुहोस्